चुनाव कसले जित्छ दोस्रो प्रश्न, कसले देश गाँस्न सक्छ मूल प्रश्न-उपसभापति शर्मा

चुनाव कसले जित्छ दोस्रो प्रश्न, कसले देश गाँस्न सक्छ मूल प्रश्न-उपसभापति शर्मा

तानसेन – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न चुनाव कसले जित्ने भन्दा पनि देश कसले गाँस्न सक्छ भन्ने मूल प्रश्न भएको बताएका छन् । पाल्पाको तानसेनमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति शर्माले चुनावको भन्दा पनि चिन्ता देशको रहेको बताएका हुन् ।

जिल्लाका कांग्रेसका दुवै उम्मेदवारसमेत रहेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘०८४ सालमा हुनुपर्ने चुनाव किन ०८२ मा हुँदैछ ? किन ७४ आमाको काख रित्तियो ? किन सिंहदरबार जल्यो ? यसको जरामा रहेको कारण पहिचान गरेर सही ढंगले देशलाई कसले समन्वय गर्न सक्छ ? भविस्यमा जेन-जीपछिको पुस्ता अल्फाले विद्रोह गर्ने अवस्था आउन नदिन नयाँ दृष्टि, नयाँ योजना र नयाँ नेतृत्व कोसँग छ ? मूल प्रश्न यो हो ।’

शर्माले चुनावी जितहारपछि पनि मिलेर देश निर्माणको काममा लाग्नु पर्नेमा जोड दिँदै नयाँ आशा, नयाँ विश्वास जगाउन जुट्नु पर्ने बताए । उनले देश कसले हाँक्ने भन्ने दाबी कुनै पनि दलले गरिरहँदा देश गाँस्ने भन्ने मूल मन्त्र जप्दै अघि जानु पर्नेमा जोड दिए ।

चुनावी मैदानमा रहेका कुनै पनि दल र कुनै पनि प्रतिस्पर्धी उम्मेदवारलाई कांग्रेसले दुस्मन नमान्ने प्रष्ट पार्दै उपसभापति शर्माले सबैसँग हार्दिक प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘आलोचना गर्नुपर्दा स्वस्थ्य ढंगले गर्नेछ तर कसैलाई पनि गाली गर्नेछैन । देशभरका हाम्रा उम्मेदवार साथीहरूलाई पार्टीको यो नीति अनुरुप प्रस्तुत हुन आग्रह गर्दछु ।’

Source link

संबधित खबर

धेरै पढ़िएको

चुनाव कसले जित्छ दोस्रो प्रश्न, कसले देश गाँस्न सक्छ मूल प्रश्न-उपसभापति शर्मा

चुनाव कसले जित्छ दोस्रो प्रश्न, कसले देश गाँस्न सक्छ मूल प्रश्न-उपसभापति शर्मा

कावा प्रमुख आयुक्त भण्डारी – सार्वजनिक सेवा प्रसारण संस्था

कावा प्रमुख आयुक्त भण्डारी – सार्वजनिक सेवा प्रसारण संस्था

शैक्षिक गुणस्तर उकास्न सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

शैक्षिक गुणस्तर उकास्न सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

अर्थमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था