संयोजक दाहाल – सार्वजनिक सेवा प्रसारण संस्था

संयोजक दाहाल – सार्वजनिक सेवा प्रसारण संस्था

गलकोट (बागलुङ)- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताउनुभएको छ ।

आज जिल्लाको गलकोटमा आयोजना गरिएको नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उहाँले देशभर एकताको सन्देश दिने गरी बागलुङमा सहकार्य गरिएको बताउनुभयो ।

संयोजक दाहालले जनमोर्चासँगको चुनावी तालमेलले नेपालभर एकताको सन्देश दिएको र यो सहकार्य चुनावपछि पनि कायम रहने बताउनुभयो । “विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद छन्, तर राष्ट्रलाई अप्ठेरो पर्दा विगतमा पनि सहकार्य गर्दै आएका छौँ । यसपटक पनि देशलाई सङ्कटबाट टार्न कार्यगत एकता र गठबन्धन हुन्छ”, उहाँले भन्नुभयो,“गत भदौँ २३ र २४ मा भएको आन्दोलनपछिको अवस्थालाई हेरेर हामीले पार्टी एकता र सहकार्य अगाडि बढाएका छौँ । त्यही क्रममा जनमोर्चासँग सहकार्य भएको हो ।”

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देश गम्भीर सङ्कटमा परेको र निर्वाचनले सही मार्गमा ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी फागुन २१ मा हुने निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गर्दै देशको हितमा काम गर्नेलाई पहिचान गरेर मतदान गर्न आग्रह गर्नुभयो ।

यहाँ रहेका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा नेकपाले जनमार्चाका कृष्ण अधिकारी र क्षेत्र नं २ मा जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैरेलाई सघाउने सहमती भएको कार्यक्रममा जानकारी दिइयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु, हिमाली भागमा बादल लाग्ने

तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु, हिमाली भागमा बादल लाग्ने

वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

विश्व रेडियो दिवस आज मनाइँदै

विश्व रेडियो दिवस आज मनाइँदै

क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

प्रधानमन्त्री कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

संयोजक दाहाल – सार्वजनिक सेवा प्रसारण संस्था

संयोजक दाहाल – सार्वजनिक सेवा प्रसारण संस्था

इटालीलाई नेपालले दियो एक सय २४ रनको लक्ष्य

इटालीलाई नेपालले दियो एक सय २४ रनको लक्ष्य