इटालीलाई नेपालले दियो एक सय २४ रनको लक्ष्य

इटालीलाई नेपालले दियो एक सय २४ रनको लक्ष्य

काठमाडौँ- आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले एक सय २३ रनको योगफल बनाएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय २३ रन बनाएको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । यस्तै, रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाए भने दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए । करण केसी १८ रनमा अविजित रहे ।

इटालीका बलरमध्ये क्रिशान कालुगामागेले चार ओभरमा १८ रन दिँदै तीन विकेट लिए । यस्तै, बेन मानेन्टीले नौ रन खर्चेर दुई विकेट झारे भने जसप्रीत सिंह र जे जे स्मट्सले समान एक÷एक विकेट लिए ।

पावरप्लेमा नेपालले एक विकेट गुमाएर ४५ रन बनाएको थियो, तर मध्यक्रममा लगातार आउट भएपछि ठूलो स्कोर बनाउन सकेन । अब जितका लागि इटालीलाई २० ओभरमा १२४ रन आवश्यक छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु, हिमाली भागमा बादल लाग्ने

तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु, हिमाली भागमा बादल लाग्ने

वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

विश्व रेडियो दिवस आज मनाइँदै

विश्व रेडियो दिवस आज मनाइँदै

क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

प्रधानमन्त्री कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

संयोजक दाहाल – सार्वजनिक सेवा प्रसारण संस्था

संयोजक दाहाल – सार्वजनिक सेवा प्रसारण संस्था

इटालीलाई नेपालले दियो एक सय २४ रनको लक्ष्य

इटालीलाई नेपालले दियो एक सय २४ रनको लक्ष्य