लमजुङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, आठजना घाईते

लमजुङ- लमजुङको मस्र्याङदी गाउँपालिकामा जिप दुर्घट्ना हुँदा एक बृद्धाको मृत्यु भएको छ । क्होलासोँथार गाउँपालिका–४ भुजुङ देखि सदरमुकाम बेसीशहर तर्फ आउदै गरेको ग १ ज ५०६५ नम्वरको जिप मस्र्याङदी गाउँपालिका–९, मिर्चे भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी क्होलासोँथार–४ भुुजुङकी ७४ बर्षिया मलकुमारी गुरुङको मृत्यु भएको हो । १० जना सवार रहेको सो जिपमा अन्य आठजना घाईते भएका छन् । घाईते सवैलाई प्रदेश अस्पताल बेसीशहरमा ल्याईएको छ ।

घाईते मध्ये चारजनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि अन्यत्र लाने तयारी भएको छ । प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउदा जिप सडक भन्दा ५० मिटर तल खसेको थियो । घटनाको जानकारी आए लगत्तै प्रहरी चौकि खुदीबाट उद्धारको टोलि खटिएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

लमजुङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, आठजना घाईते

लमजुङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, आठजना घाईते

अर्थमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

अफगानिस्तानमाथि सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

७५३ स्थानीय तहका सवै वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइने

रवि-बालेन एकता रहरको होइन,अरूले कसैले गराइदिएका हुन्- काँग्रेस प्रवक्ता

नेप्से परिसूचकमा झिनो गिरावट – सार्वजनिक सेवा प्रसारण संस्था

बस दुर्घटनाका पीडित परिवारको आन्दोलनपछि रामेछापमा यातायात बन्द