७५३ स्थानीय तहका सवै वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइने

७५३ स्थानीय तहका सवै वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइने

काठमाडौं–संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम निर्वाचन आयोगबाट मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको व्यहोरा जानकारी गराइन्छ।

आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रम अनुसार यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६,७४३ वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन्। त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको वस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमवाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने छन्।

आयोगबाट आमसञ्चार माध्यमवाट विभिन्न किमिसका मतदाता शिक्षा सामग्री उत्पादन गरी प्रकाशन एवम् प्रसारण गर्ने तयारी गरिरहेको तथा विभिन्न सरोकारवालाहरूसँग छलफल एवम् अन्तक्रियाका माध्यमबाट पनि मतदाता शिक्षालाई प्रभावकारी बनाउने कार्य भइरहेका छन्।

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस कार्यमा सहयोग, समन्वय र सहजीकरणको लागि सातै प्रदेश सरकार, ७५३ स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगतलगायत सम्पूर्ण सरोकारवालाहरूमा आयोग हार्दिक अनुरोध गर्दछ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अर्थमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

अफगानिस्तानमाथि सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

अफगानिस्तानमाथि सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

७५३ स्थानीय तहका सवै वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइने

७५३ स्थानीय तहका सवै वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइने

रवि-बालेन एकता रहरको होइन,अरूले कसैले गराइदिएका हुन्- काँग्रेस प्रवक्ता

रवि-बालेन एकता रहरको होइन,अरूले कसैले गराइदिएका हुन्- काँग्रेस प्रवक्ता

नेप्से परिसूचकमा झिनो गिरावट – सार्वजनिक सेवा प्रसारण संस्था

नेप्से परिसूचकमा झिनो गिरावट – सार्वजनिक सेवा प्रसारण संस्था

बस दुर्घटनाका पीडित परिवारको आन्दोलनपछि रामेछापमा यातायात बन्द

बस दुर्घटनाका पीडित परिवारको आन्दोलनपछि रामेछापमा यातायात बन्द

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा