जेनजीको भावना बमोजिम विशेष महाधिवेशनबाट पार्टी नयाँ भएको छ – सभापति थापा

जेनजीको भावना बमोजिम विशेष महाधिवेशनबाट पार्टी नयाँ भएको छ – सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको ५ वर्ष मधेसलाई केन्द्रमा राखेर काम  गर्ने बताउनु भएको छ ।

मधेसको राजधानी जनकपुरधाममा ८ वटै जिल्लाका उम्मेदवार तथा जिल्ला अध्यक्षहरुसंगको भेटघाट कार्यक्रममा बोल्नु हुँदै थापाले नयाँ सोच र दृष्टिसहित कांग्रेस चुनावमा शामिल भएको बताउनु भयो ।

उहाँले नेपाली कांग्रेस मधेसलाई केन्द्रमा राखेर काम गर्न चाहन्छ, उहाँले भन्नुभयो ‘मधेशवादीलाई भोट दिन्छु भन्नेहरूलाई कांग्रेस नै सबैभन्दा पुरानो र असली मधेशवादी पार्टी हो भन्न सक्नुपर्छ ।’ उहाँले मधेसका बाँकी मुद्दाहरु कांग्रेसले पूरा गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

मधेशका मुद्दामा स्पष्ट र निर्भीक रूपमा बोल्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै थापाले चुनावमा राष्ट्रिय र स्थानीय दुवै मुद्दा लिएर जान पार्टीका नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । जेनजी युवाहरुको माग कुनै पार्टीले सम्बोधन गरेको छ भने त्यो पार्टी नेपाली कांग्रेस रहेको बताउनु भयो ।

उहाँले जेनजी युवाहरुको माग सम्बोधन गरेर विशेष महाधिवेशनबाट पार्टी नयाँ भएको बताउनु भयो । नेपाली कांग्रेस नेपालको सबैभन्दा नया पार्टी रहेको जेनजी युवाहरुलाई बुझाउन कार्यकर्ताहरुलाई समेत आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो र सबैभन्दा नयाँ दल पनि रहेको दावी गर्नुभयो ।

कांग्रेस अब रूपान्तरित भएको दाबी गर्दै थापाले पार्टी उत्तेजना फैलाउने नभई देश सम्हाल्ने शक्ति भएको बताउनु भयो । उहाँले देशमा भएको विध्वंश र विनाशलाई फेरी ट्रैकमा ल्याउने शक्ति नेपाली कांग्रेस संगै रहेको दावी गर्नु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनको भाउ तोलामा करिब २० हजारले घट्यो

सुनको भाउ तोलामा करिब २० हजारले घट्यो

सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो : मन्त्री चौलागाईँ

सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो : मन्त्री चौलागाईँ

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै राना थारु महिला

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै राना थारु महिला

जेनजीको भावना बमोजिम विशेष महाधिवेशनबाट पार्टी नयाँ भएको छ – सभापति थापा

जेनजीको भावना बमोजिम विशेष महाधिवेशनबाट पार्टी नयाँ भएको छ – सभापति थापा

आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा

आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा

पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व

निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व