उर्लाबारीकाे मेयर उपमेयर एमालेले जित्यो – Online Khabar

मेयरमा निर्वाचित गंगाप्रसाद खरेल । ५ जेठ, विराटनगर । पाँच वर्षअघि नेपाली काङ्ग्रेसले जितेकाे उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै चुनावमा हाेमिएकाे थियाे । काङ्ग्रेसबाट निवर्तमान मेयर खड्ग फागो उम्मेदवार बनेका थिए । उनलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल मेयरमा निर्वाचित […]

Continue Reading

औरहीको मेयर उपमेयर दुवै लोसपाले जित्यो – Online Khabar

५ जेठ, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको मेयर उपमेयर दुवै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जितेको छ । मेयरमा प्रदीपकुमार खड्का ६ हजार ६७ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार यादवले ५ हजार ७४७ मत पाए । यस्तै उपमेयरमा लोसपाकै रेणु झा निर्वाचित भइन् । उनले ५ हजार ८०८ मत पाइन् । […]

Continue Reading

‘गढ’मै एकीकृत समाजवादी कमजोर – Online Khabar

५ जेठ, काठमाडौं । नेकपा एमालेबाट फुट्दा १४ सांसदले साथ दिएपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा सबभन्दा ठूलो दल बन्यो । झण्डै १३ प्रतिशत स्थानीय जनप्रतिनिधि पनि एकीकृत समाजवादीतिरै गए । तर ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुदूरपश्चिमका ८८ पालिकामध्ये जम्मा २ वटाको नेतृत्वमा मात्र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् […]

Continue Reading

फेरि अवरुद्ध भयो धुलिखेलको मत गणना – Online Khabar

५ जेठ, काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकाको मत गणना फेरि स्थगित भएको छ । वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टी सहितका ६१ वटा मत पत्र भेटिएपछि दलका प्रतिनिधिहरुले विरोध गरेका हुन् । यसअघि उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने कि नमान्ने भन्ने विवादले मत […]

Continue Reading

कपिलवस्तुको शिवराजको मेयरमा राप्रपाका थापा निर्वाचित

५ जेठ, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा निर्वाचित भएका छन् । थापाले सात हजार ६०२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोखरेलले सात हजार १२८ मत पाए । त्यस्तै नेपाली कांग्रेसका हुमकान्त खनालले पाँच हजार ४७७, लोकतान्त्रिक समाजवादी पार्टीका रविदत्त मिश्रले चार हजार २४ मत पाए । उपमेयरमा नेकपा […]

Continue Reading

कप्तान रुविनाले औंल्याइन् नेपालले सिरिज गुमाउनुका ५ कारण

५ जेठ, काठमाडौं । नेपाल र युगान्डाबीचको महिला टी-२० सिरिजमा ३ खेल गुमाउँदै नेपालले घरेलु मैदानमा पहिलो पटक भएको सिरिज गुमाएको छ । बिहीबार भएको खेल ६ विकेटले गुमाएपछि नेपालले आफूभन्दा तीन वरियता तल रहेको युगान्डासँगको सिरिज गुमाउन पुग्यो । यो खेलबाट नेपाली महिला क्रिकेटको स्तर मापन पनि भएको छ । नेपाल आईसीसी महिला टी-२० […]

Continue Reading

नरुलालले फेरि जिते, भुपबहादुरको भागमा अर्को हार – Online Khabar

५ जेठ दाङ । ०७४ को स्थानीय चुनावमा घोराही उपमहानगरपालिकाको मेयरमा प्रतिस्पर्धी थिए, नेकपा एमालेका नरुलाल चौधरी र नेपाली कांग्रेसका भुपबहादुर डाँगी । भुपबहादुरलाई ५ हजार मतले हराउँदै नरुलाल मेयर निर्वाचित भए । ३० वैशाखको स्थानीय चुनावमा पनि नरुलाल र भूपबहादुर फेरि चुनावी मैदानमा उत्रिए, तर फरक पदमा । भुपबहादुर मेयरको टिकटका आकांक्षी थिए, तर […]

Continue Reading

रोहित पौडेल बने नेपाली क्रिकेट टिमको उपकप्तान – Online Khabar

फाइल तस्वीर ५ जेठ, काठमाडौं । नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो । दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन । window.fbAsyncInit = function () { FB.init({ appId: ‘280041239029772’, xfbml: true, version: ‘v2.7’ }); }; (function (d, s, id) { var […]

Continue Reading

विद्यालय खुले, पाठ्यपुस्तक पुगेन – Online Khabar

फाइल तस्वीर ५ जेठ, काठमाडौं । जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएसँगै अधिकांश विद्यालयमा पठनपाठन सुरु भइसकेको छ । तर पहाडी र हिमाली क्षेत्रका विद्यालयहरुमा भने अझै पाठ्यपुस्तक पुगेको छैन । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका विद्यालयमा पनि पाठ्यपुस्तक पुग्न सकेको छैन । गाउँपालिकाको शिक्षा शाखा अधिकृत मीनबहादुर धामीले पुस्तक किन आएन भन्दा छपाइमा ढिलो […]

Continue Reading

५ पालिकाको नेतृत्व जित्दै जुम्लामा पहिलो भयो कांग्रेस

५ जेठ, जुम्ला । जुम्लाको आठवटै स्थानीय तहमा पाँच वटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ । दुई वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्र र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसको बगी उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएका छन् । कठायतले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् […]

Continue Reading