बालेन्द्र शाह प्रधानमन्त्री हुनु उत्पीडित समुदायका लागि हर्षको बिषय

बालेन्द्र शाह प्रधानमन्त्री हुनु उत्पीडित समुदायका लागि हर्षको बिषय

काठमाडौँ- राष्ट्रिय लोकतान्त्रिक मोर्चाले काठमाडौं महानगरपालिकाका पूर्व  मेयर बलेन्द्र शाह  प्रधानमन्त्री बन्नु उत्पीडित समुदायका लागि हर्षको विषय भएको बताएको छ।

मोर्चाका संरक्षक एवम् राष्ट्रिय सभा सदस्य महन्त ठाकुरको को अध्यक्षतामा बसेको केन्द्रीय मूल समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रेस विज्ञप्तिमार्फत जनाएको हो।

मोर्चाले विगत लामो समयदेखि मधेसी, थारू तथा अन्य उत्पीडित समुदायले देखेको सपना र संघर्षको परिणामस्वरूप फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनको नेतृत्वलाई जनताले व्यापक जनसमर्थन दिएको उल्लेख गरेको छ। उक्त जनसमर्थनलाई सम्मान गर्दै उहाँलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु उत्पीडित समुदायको हर्षको विषय भएको उल्लेख गरेको छ ।

मोर्चाले बलेनको कार्यकालमा मधेसी, थारू, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन, सीमाङ्कन हेरफेर, जनसंख्याको आधारमा प्रतिनिधित्व, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने लगायतका विषय समाधान हुने र यसले संघीयतालाई अझ बलियो बनाउने विश्वास  व्यक्त गरेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा