म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज हिमपात भएको छ ।

हिमपातका कारण जनजिवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिका–१ गुुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिनुभयो । राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उहाँले बताउनुभयो ।

समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर उचाईमा रहेको गुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ । सर्वसाधारणहरु घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तु, भेडाबाख्रालाई गोठमै राखेर सुुख्खा घाँस खुुवाएर राखेका छन् ।

पर्यटकीय स्थल घोडेपानी, पुुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले छोपिएको छ । घोडेपानीका होटल व्यवसायी मिना पुुनले हिमपात सुुरुभएपछि चहलपहल घटेको बताउनुभयो । घोडेपानी र पुुनहिल घुुम्न आउने पर्यटक घटेपछि सुनसान भएको छ ।

यो वर्षको दोस्रो हिमपात भएको हो । म्याग्दी जिल्लाभर बर्षा भएको छ । बर्षाका कारण हिउँदेबालीमा फाइदा पुगेको छ । हिउँ र आकाशे पानीले सिचाईको काम गरेको मालिका गाउँपालिका ७ का कृषक भुपेन्द्र शर्माले बताउनुभयो ।

सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्व पाउने र खेतीबाली सप्रिने उहाँले बताउनुभयो । गहुँ, जौ, केराउ, सुन्तलाजात फलफुलका लागि बर्षाले सहयोग गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा अपिल – सार्वजनिक सेवा प्रसारण संस्था

सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा अपिल – सार्वजनिक सेवा प्रसारण संस्था

पर्सा राष्ट्रिय निकुञ्जमा मात्र चार वर्षमा ३० वटा बाघ थपिए

पर्सा राष्ट्रिय निकुञ्जमा मात्र चार वर्षमा ३० वटा बाघ थपिए

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति