श्रम गरेर देशलाई स्वाधीन बनाउनुपर्छ – साम्पाङ

श्रम गरेर देशलाई स्वाधीन बनाउनुपर्छ – साम्पाङ

दमौली– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देश विकास हुन नसक्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज स्थानीयसँग भेटघाट गर्दै अध्यक्ष साम्पाङले गफले मात्रै मुलुक नबन्ने बताउँदै त्यसका लागि श्रम अनिवार्य रहेको बताउनुभयो ।

गफभन्दा श्रमलाई प्राथमिकता दिने पार्टी आफ्नो मात्रै रहेको दाबी गर्दै साम्पाङले सबै जनता उत्पादनशील काममा जोडिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “काम नगरेर देश नबनेको हो । काम गर्ने मानिसलाई अपमान गर्ने प्रवृत्ति छ । श्रम गरेर देशलाई स्वाधीन बनाउनुपर्छ ।”

अध्यक्ष साम्पाङले राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित भएको आरोप लगाउँदै आफ्नो पार्टीले श्रमलाई व्यवहारमै उतारेको दाबी गर्नुभयो । “काम नगरेर देश बनेको छैन । हामी कहाँ काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत संस्कार छ,” उहाँले भन्नुभयो, “यो सोच बदल्न सकेनौँ भने देश कहिल्यै अगाडि बढ्दैन ।”

उहाँले देशका सबै नागरिकलाई उत्पादनशील काममा जोड्न नसक्दासम्म बेरोजगारी, गरिबी र परनिर्भरताको समस्या समाधान नहुने बताउनुभयो । विशेषगरी युवाहरू श्रमबाट टाढा रहँदा ठूलो जनशक्ति विदेशिन बाध्य भएको उहाँको भनाइ थियो ।

अध्यक्ष साम्पाङले विदेशी सहयोग र अनुदानले मात्र देश नबन्ने स्पष्ट पार्दै आफ्नै श्रम र स्रोतको सदुपयोगमार्फत विकास गर्नुपर्नेमा जोड दिनुभयो । “विदेशी आएर हाम्रो देश बनाई दिँदैनन् । आफ्नो देश आफैँले बनाउने हो,” उहाँले भन्नुभयो, “श्रमलाई मूल आधार मानेर हामी अघि बढेका छौँ ।”

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनुवाइ समितिको बैठक आज बस्दै

सुनुवाइ समितिको बैठक आज बस्दै

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली