ट्रम्प – सार्वजनिक सेवा प्रसारण संस्था

ट्रम्प – सार्वजनिक सेवा प्रसारण संस्था

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको लामो शासनको कडा आलोचना गर्दै इस्लामिक गणतन्त्रमा ‘नयाँ नेतृत्व खोज्ने समय आएको’ टिप्पणी गर्नुभएको छ ।

इरानमा बढ्दो मुद्रास्फीति, गहिरिँदो आर्थिक सङ्कट र शासनप्रति जनआक्रोश तीव्र बन्दै जाँदा सरकारविरोधी प्रदर्शनहरू फैलिरहेको सन्दर्भमा राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

पोलिटिकोसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले तेहरानको नेतृत्वले सत्ता जोगाइराख्न हिंसा र दमनको सहारा लिएको आरोप लगाउनुभयो ।

“देशको नेताका रूपमा उहाँ आफ्नो देशको लगभग पूर्ण विनाश र इतिहासमै नदेखिएको स्तरको हिंसाको प्रयोगका लागि जिम्मेवार हुनुहुन्छ”, ट्रम्पले पोलिटिकोमार्फत भन्नुभयो, “देश चलाइराख्न-त्यो काम निम्न स्तरको भए पनिनेतृत्वले आफ्नै देशलाई सही तरिकाले सञ्चालन गर्न ध्यान दिनुपर्छ, जसरी मैले संयुक्त राज्य अमेरिकामा गरेको छु । नियन्त्रण कायम राख्न हजारौँ निर्दोष मानिसहरू मार्न आवश्यक हुँदैन ।”

राष्ट्रपति ट्रम्पका अनुसार साँचो नेतृत्व डर र मृत्युमाथि होइन, सम्मानमाथि निर्माण हुन्छ । उहाँले व्यक्तिगत रूपमा खमेनीको आलोचना गर्दै उहाँलाई ‘एक बिरामी मानिस’ को संज्ञा दिनुभयो र इरानलाई कमजोर नेतृत्वका कारण संसारमा बस्न सबैभन्दा खराब स्थानमध्ये एक भएको टिप्पणी गर्नुभयो । “उहाँले आफ्नो देश राम्रोसँग चलाउनुपर्छ र आफ्नै नागरिकलाई मार्न बन्द गर्नुपर्छ”, ट्रम्पले भन्नुभयो ।

राष्ट्रपति ट्रम्पको यो टिप्पणी इरानी सर्वोच्च नेता खमेनीले सामाजिक सञ्जाल एक्समा शृङ्खलाबद्ध पोस्ट गर्दै इरानमा भइरहेको अशान्ति र हताहतका घटनाका लागि अमेरिकालाई दोष लगाएपछि आएको हो । खमेनीले अमेरिकी राष्ट्रपतिमाथि इरानी जनताको वास्तविक इच्छालाई गलत रूपमा चित्रण गर्दै हिंसात्मक समूहहरूलाई समर्थन गरेको आरोप लगाउनुभएको छ ।

अमेरिकी राष्ट्रपतिले तोडफोड, आगजनी र मानिसहरूको हत्या गर्ने समूहहरूलाई ‘इरानी राष्ट्र’ का रूपमा प्रस्तुत गर्नुभयो । उहाँले इरानी जनतामाथि भयावह निन्दा गर्नुभयो । हामी यस बदनामीका लागि अमेरिकी राष्ट्रपतिलाई दोषी ठान्दछौँ”, खमेनीले लेख्नुभएको छ ।

उहाँले थप आरोप लगाउँदै भन्नुभयो, “अमेरिकी राष्ट्रपतिले राजद्रोहीहरूलाई समर्थन गर्ने र उनीहरूलाई सैन्य सहयोग उपलब्ध गराउने सन्देश दिनुभयो । अर्को शब्दमा भन्नुपर्दा, अमेरिकी राष्ट्रपति स्वयं देशद्रोहमा संलग्न हुनुहुन्छ । यी आपराधिक कार्यहरू हुन् ।”

ट्रम्प र खमेनीबीचको यस्ता अभिव्यक्तिहरूले वासिङ्टन र तेहरानबीच बढ्दो तीव्र बयानबाजीलाई थप उजागर गरेको छ । विश्लेषकहरूका अनुसार यसले इरानभित्र जारी राजनीतिक अस्थिरता र शासन प्रणालीप्रति गहिरिँदो विभाजनलाई समेत स्पष्ट रूपमा देखाएको छ ।।

 

Source link

संबधित खबर

धेरै पढ़िएको

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

कास्कीमा रोपाइँ तीव्र

कास्कीमा रोपाइँ तीव्र

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन