काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३० करोड ८८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । अघिल्लो वर्ष सो अवधिसम्म ३६ करोड ३६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने नोक्सानी कम गरेको हो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेकाले खुद नोक्सानी कम भएको हो । अघिल्लो वर्ष २४ करोड ८६ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले गत वर्ष ३५ करोड २० लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो ।

कम्पनीको वित्तीय खर्च भने बढेको छ । अघिल्लो वर्ष ३५ करोड ९९ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले गत वर्ष ४० करोड ५९ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ छ । जगेडा कोष रकम भने ८७ करोड ९७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । कर्जा रकम अघिल्लो वर्ष ३ अर्ब ९९ करोड ३० लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ४ अर्ब १ करोड ७ लाख रुपैयाँभन्दा बढी पुगेको छ । वार्षिक २० रुपैयाँ ९२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ४० रुपैयाँ ४१ पैसा छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0