
काठमाडौं- आज दिउँसो तीन बजेका लागि तय गरिएको बैठक स्थगित भएको छ । बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
‘प्रतिनिधि सभाको नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक मिति २०८० भदौ ६ गते बुधबार दिनको ३ बजे बस्नेगरी निर्धारण गरिएको छ ।
नेकपा एमालेको निरन्तर अवरोधपछि आजसम्मका लागि बैठक सार्दै आएको थियो । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने मागसहित संसद अवरोध गरिरहेको थियो । सोमबार राति बसेको सर्वदलीय बैठकले संयन्त्र बनाउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1