<p>काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को इकाई बाँडफाँट भएको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ५ गतेदेखि १९ गतेसम्म प्रतिइकाई १० रूपैयाँ अंकित मूल्यमा ८ करोड इकाई विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा भदौ ४ गते इकाई बाँडफाँट गरिएको जानकारी योजना व्यवस्थापकले दिएको छ ।<br />
साउन १९ गतेसम्म विक्रीमा रहने भएको छ । कुल इकाईमध्ये १५ प्रतिशत दरको १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरीएको छ । यो वाहेक बाँकी ६ करोड ८० लाख इकाई आम सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको थियो । सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको उक्त इकाई बाँडफाँट गरिएको हो । यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृृतिको रहेको छ । <br />
</p>
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1