बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पूर्व उपप्रधामन्त्री  विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ। साहलाई केन्द्रीय कारागारमा बयान लिएको भने गच्छदारलाई सीआइबीमा बोलाएर बयान लिएको हो। 

सोमबार राती उनीहरुसँग बयान लिएको सिआइबी स्रोतले जनाएको छ। पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि सीआईबीले सोमबार राती नै बयान लिएको हो। आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोमबार बिहान डा. बाबुराम भट्टराईसँग पनि सीआईबीले बयान लिएको थियो।  

डम्बर श्रेष्ठसँग पनि बयान लिने प्रयास भैरहेको सिआइबीले जनाएको छ। बयान लिएकाहरुलाई सिआइबीले सरकारी साक्षीको रुपमा राख्ने जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि दुवै पूर्वप्रधानमन्त्रीलाई ‘मन्त्रिपरिषद्का निर्णयमा क्षेत्राधिकार नभएको’ कारण देखाएर मुद्दामा प्रतिवादी बनाएको थिएन।  २०७५ फागुन २८ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार कसुर लगाएर अनुसन्धान गर्न अख्तियार र किर्ते तथा ठगीमा छानबिन गर्न सीआईबीलाई पत्र पठाएको थियो। सो अनुसन्धान करिब करिब पूरा भएको सिआइबीले जनाएको छ। ‘अनुसन्धान करिब पूरा भएको छ, अब प्रतिवेदन बुझाउने काम हुन्छ’, सिआइबीका प्रवक्ता एसएसपी दिनेश आचार्यले भने।

प्रकाशित: ५ भाद्र २०८० ०९:१३ मंगलबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0