<p style="text-align:justify">काठमाडौं। कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना ल्याएको छ । बैंकले उपहारको नयाँ परम्पराको शुरुआत स्वरूप &lsquo;तिम्रै लागि&rsquo; मुद्दती र बचत खाता सार्वजनिक गरेको हो । विभिन्न पर्व, उत्सव तथा दिवसमा उपहार दिने प्रचलन बढेको र यस्ता उपहार कुनै अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिने भएकोले नयाँ निक्षेप योजना ल्याएको वैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।</p>

<p style="text-align:justify">आफ्नो पारिवारिक सम्बन्धभित्र जो कसैलाई पनि उपहारस्वरूप उक्त मुद्दती खाता उपहार गर्न सकिने बैंकले जानकारी दिएको छ । न्यूनतम रू.१० हजारमा खोल्न सकिने उक्त खातामा मासिक रूपमा ब्याज प्राप्त गर्न सकिने बताइएको छ । उक्त खाता खोल्दा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेबिट कार्ड नि:शुल्क प्राप्त गर्न सकिनेछ । उक्त खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।&nbsp;</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0