<p style="text-align:justify">काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकालाई जिल्ला अदालत, काठमाडौंले थप तीन दिन हिरासतमा राख्न आज अनुमति दिएको छ । </p>
<p style="text-align:justify">जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जनालाई हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‍(सीआईबी) लाई अनुमति प्रदान भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । <br />
<br />
उनका अनुसार उक्त प्रकरणमा पक्राउ परेकाको गत साउन ३१ गते पाँच दिनका लागि म्याद थप गरिएको थियो । <em>रासस</em></p>
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1