२०८० भदौ, ४
&nbsp



बागमती प्रदेश





अभियान संवाददाता



चितवन । भरतपुर महानगरपालिकाले व्यवस्थित पशु वधशाला निर्माण गर्ने भएको छ  । बजारमा छरिएका, अव्यवस्थित र मापदण्डविपरीत सञ्चालन भएका पशु वधशालालाई मापदण्डअनुसार सञ्चालन गर्ने गरी महानगर पशु वधशाला निर्माण गर्ने तयारीमा जुटेको हो । 

आज महानगरपालिकामा आयोजित कार्यक्रममा प्रत्येक महानगरपालिकामा अनिवार्यरूपमा व्यवस्थित पशु वधशाला निर्माण हुनुपर्ने प्रावधानअनुसार व्यवस्थित वधशाला बनाउन लागिएको बताए । 

व्यवस्थित पशु वधशाला निर्माण समितिका संयोजक समेत रहेका उपप्रमुख अधिकारीले अबको केही समयमा महानगरवासीहरूले आशा गरेअनुसारको व्यवस्थित पशु वधशाला बन्ने बताए । ‘हामी गृहकार्यमा जुटिरहेका छौं, विभिन्न चरणहरूमा प्रारम्भिक कार्यहरू भइरहेका छन्,’ उनले भने । 

महानगरवासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने अधिकार दिलाउन व्यवस्थित वधशाला निर्माण गर्न लागिएको उपप्रमुख अधिकारीको भनाइ छ । 

यसको स्थापना र व्यवस्थापनका लागि भरतपुर महानगरपालिका र एनिमल नेपालको संयुक्त आयोजनामा सोमवार महानगरपालिकामा एक दिने पशु वधशाला तथा मासु व्यवसाय व्यवस्थापनसम्बन्धी कार्यशाला गोष्ठीसमेत भएको छ । 

गोष्ठीमा बोल्दै एनिमल नेपालका केन्द्रीय कार्यक्रम व्यवस्थापक सुरक्षा राणाले महानगर व्यवस्थित पशु वधशाला निर्माण कार्यमा जुटेकोमा खुशी व्यक्त गर्दै एनिमल नेपाल हातेमालो गर्न तत्पर रहेको बताए । 

भरतपुर महानगरपालिकामा हाल ५ ओटा पशु वधशाला छन् । जिल्लामा भने १० ओटा वधशाला रहेको एनिमल नेपाल चितवनका प्रतिनिधि रामचन्द्र आचर्यले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकाको नारायणगढ क्षेत्रमा रहेका वधशाला सबै मापदण्डविपरीत छन् ।  

पशु वधशाला र मासु जाँच नियमावली २०५७ को नियम २१ ले दिएको अधिकार प्रयोग गरि पशु सेवा विभागले पशु वधशाला र मासु जाँच प्राविधिक निर्देशिका स्वीकृत गरेको छ ।

प्रतिक्रिया [0]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0