चितवन । भरतपुर महानगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत ७ ओटा समूहलाई विभिन्न यन्त्र र उपकरण हस्तान्तरण गरेको  छ । उद्यमीहरूलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्रकुमार रानाले संयुक्तरूपमा उपकरण हस्तान्तरण गरे ।

महानगरबाट सञ्चालित मागका आधारमा तालिम लिएका वडा नम्बर १३, २३, २४ र २५ नम्बरका उद्यमीलाई आज एक कार्यक्रमका बीच विभिन्न उपकरण हस्तान्तरण गरिएको हो ।

हस्तान्तरणपछि बोल्दै प्रमुख दाहालले महानगरवासीलाई दक्ष बनाई आत्मनिर्भर बनाउन यस्तो कार्यक्रम ल्याइएको बताइन् । उनले महानगरले मागको आधारमा तालिम दिई आवश्यक यन्त्र उपकरण उपलब्ध गराउँदै आएको जानकारी दिइन् ।

प्रमुख दाहालले आगामी दिनमा महिलासँग मेयर कार्यक्रम, मेयरसँग युवा कृषक कार्यक्रममार्फत उद्यमीलाई थप प्रविधि उपकरण हस्तान्तरण गरिने बताइन् ।

उद्यमीहरूलाई केराको सुत्लाबाट रेसा निकाल्ने मेसिन १ थान, कुखुरालाई दाना दिने भाँडो २५० थान, मिक्चर २ थान, भट्टी चुलो २ थान, पानी ट्याङ्की ९ थान, लुगा सिलाउने मेसिन २ थान र इन्टरलक मेसिन ४ थान दिइएको छ । यी सामान ३ लाख ९६ हजार १ सय ८० रुपैयाँमा खरीद गरिएको महानगरको सामाजिक शाखाले जानकारी दिएको छ ।

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0