कोशी प्रदेशसभाको बैठक सुरु भएको छ। बैठकको कार्यसूचिमा मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिने उल्लेख छ।

आज दिउँसो १ बजेलाई बोलाइएको बैठक उपसभामुख सृजना दनुवार अनुपस्थित भएपछि दिउँसो ३ बजेलाई सारिएको हो।

कोशी प्रदेसभाको आजको बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद इस्रायल मन्सुरीले गरेका छन्। बैठकको अध्यक्षता गरेका मन्सुरीकोसमेत मत लिएर विश्वासको मत पुर्‍याउने गठबन्धनको योजना रहेको छ।

बैठकको अध्यक्षता गरेका मन्सुरीको मत लिए पुनः अदालत जाने विपक्षी दलको तयारी छ। विपक्षी नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बैठकको अध्यक्षता गरेका व्यक्तिले मतदान गर्न नपाउने स्पष्ट व्यवस्था रहेकाले गठबन्धनले त्यस्तो नगर्ने विश्वास व्यक्त गरे।

उनले अध्यक्षता गरेको व्यक्तिलाई मत हाल्न लगाएको खण्डमा त्यहि अनुसार अगाडि बढ्ने स्पष्ट पारे। कोशी प्रदेशसभामा ९३ जना प्रदेशभा सदस्य रहेका छन्। बहुमतका लागि ४७ जना आबश्यक पर्छ।

गठबन्धनसँग ४७ सांसद छन्। जसमा नेपाली कांग्रेससँग २९, नेकपा माओवादी केन्द्रसँग १३, एकिकृत समाजवादीसँग ४ र जसपासँग १ जना छन्। विपक्षी गठबन्धनमा एमालेका ४० र राप्रपाका ६ जना सांसद छन्। एमालेले विश्वासको मत पाउनबाट रोक्न उपसभामुख र जेष्ठ ७ जना सदस्यलाईसमेत आजको वैठकमा अनुपस्थित गराएको थियो।

प्रकाशित: ४ भाद्र २०८० १५:५२ सोमबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0