<p style="text-align:justify">काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा ५८ प्रतिशत वृद्धि भएको छ ।</p>

<p style="text-align:justify">अघिल्लो आवमा कम्पनीले रू. ४ करोड ९८ लाख नाफा कमाएकोमा गत आवमा रू. ७ करोड ८८ लाख पुगेको हो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवमा कम्पनीले सामान विक्रीबाट रू. ७ अर्ब १७ करोड आम्दानी गरेकोमा गत आवमा रू. ८ अर्ब ७८ करोड भन्दा बढी आम्दानी गर्न सफल भएको छ ।&nbsp;</p>

<p style="text-align:justify">गत आवमा कम्पनीको नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६७ पैसा रहेकोमा गत आवमा बढेर २८ रुपैयाँ २६ पैसा पुगेको हो । गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ४१९ दशमलव ६ रहेको छ ।&nbsp;</p>

<p style="text-align:justify">चुक्ता पूँजी रू. २७ करोड ८८ लाख रहेको कम्पनीले जगेडामा रू. १ अर्ब ३६ करोड सञ्चिती गरेको छ ।&nbsp;</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0