काठमाडौ । भदौ ३ गते अर्थात आइतवार एक समारोह बीच सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेड बीच खिचापोखरी, काठमाण्डौमा साधारण शेयर(आईपीओ) निष्कासन सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा कम्पनीको तर्फबाट संचालक श्वेता अधिकारी पन्त र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्कासन गर्नेछ ।

ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1