काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ गर्ने भएको छ । स्थानीय साना तथा मझौला व्यापारहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्ने भएको हो ।

बैंकका कर्पाेरेट कम्युनिकेशन हेड वसन्त बक्सीले स्थानीय तहमा सञ्चालित बिजनेशले पार्ने सकारात्मक पक्षलाई उजागर गर्दै त्यसले पार्ने आर्थिक टेवाको सन्देशलाई देशैभर फैलाउन प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रतियोगितामा भाग लिन चाहनेले साना तथा मझौला व्यापारको फोटो र क्याप्सन बैंकको इमेल mlblbizzchitra@gmail.com मा पठाउनुपर्नेछ ।

भाद्र १६ गतेसम्म चल्ने यो प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार दिइने बैंकले जनाएको छ । प्रतियोगितामा पब्लिक च्वाइस अवार्ड पनि राखिएको छ । उक्त पुरस्कार राशि ५ हजार रुपैयाँ रहेको बैंकले जानकारी दिएको छ ।

प्रतियोगिताको मूल्यांकनका लागि ३ सदस्यीय जुरी घोषणा गरिएको छ, जसमा बैंकका कर्पाेरेट कम्युनिकेशन हेड बक्सी, भर्टिकल ३६० एड्भर्टिज्मेण्ट प्रालिका क्रियटिभ डाइरेक्टर उल्लास मक्राती र न्यु बिजनेश एज प्रालिका फोटो पत्रकार सुनिल शर्मा छन् ।

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0