नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको औँल्याएका छन्।

नेपाल विद्यार्थी संघ झापाअन्तर्गत कनकाइ र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्।

‘हामीलाई समस्या मात्रै देखाउने मान्छे चाहिएको छैन’, उनले भने, ‘दिगो विकास विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ, समस्या त जसले पनि औँल्याउन सक्छ।’ महामन्त्री थापाले युवा पुस्ताबाट देशलाई समृद्ध बनाउने योजना आउने विश्वास व्यक्त गर्दै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन २० वर्षे योजना तयार गर्नुपर्नेमा जोड दिए।

नेपालको जनसङ्ख्यालाई आङ्कलन गर्दा अबको २० वर्षमा मुलुक बुढो हुने भएकाले विकास सम्भव नहुने उनको भनाइ थियो। जापान, कोरिया जस्ता देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका बताउँदै उनले भने, “समयमै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सके मात्रै दिगो विकास हासिल गर्न सकिन्छ।”

प्रकाशित: ३ भाद्र २०८० १४:१६ आइतबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0