<p style="text-align:justify">चितवन। प्राविधिक र शीपमूलक शिक्षा दिने उद्देश्यले भरतपुरमा आरम्भ कलेजको स्थापना गरिएको छ । कलेजका अध्यक्ष सुरेन्द्र सुवेदीले वैदेशिक अध्ययनलाई न्यूनीकरण गर्दै स्वदेशमै गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले कलेज सञ्चालनमा ल्याइएको बताए । कलेजले यही शैक्षिक सत्रदेखि अध्ययन अध्यापन शुरू गर्ने जानकारी दिएको छ । कलेज सञ्चालनको पहिलो वर्ष विद्यार्थीलाई जनही १ लाख रुपैयाँ छात्रवृत्ति र विद्यार्थीको क्षमताका आधारमा थप छूट दिने कलेजका प्राचार्य सुरज शिवाकोटीले बताए ।</p>
<p style="text-align:justify">कलेजले बीएचएम र बीआईएम कार्यक्रम सञ्चालन गर्दै छ, दुवै चारवर्षे कार्यक्रम हुन् । बीएचएमका लागि ७ लाख ५० हजार रुपैयाँ र बीआईएमको लागि ६ लाख रुपैयाँ तोकिएको छ । कलेजले मेरिट बेसमा आधारित, विशिष्ट क्षेत्रमा आधारित, आवश्यकतामा आधारित, खेलाडी वा प्रतिभा पहिचान गरी सामुदायिक सेवामा आधारित छात्रवृत्तिसहित विभिन्न अवसर प्रदान गर्ने प्राचार्य शिवाकोटीले बताए । कलेजले पत्रकार र सरकारी कर्मचारीका सन्तानलाई ५० प्रतिशतसम्म छूट दिने बताएको छ ।</p>