सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक यही भदौ ३ गते (भोलि) बाट सुरु हुने भएको छ।

शनिबार काठमाडाैँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो। त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ।

दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेन्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने पनि उनले बताए।

नेकपा एस आगामी माघमा सम्पन्न हुने गरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। सम्मानित नेता झलनाथ खनालले नेतृत्वका लागि आफ्नो दाबी हुने÷नहुने भन्ने कुरा महाधिवेशन हलले नै तय गर्ने उनको भनाइ छ।

प्रकाशित: २ भाद्र २०८० १८:४९ शनिबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0