काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव)मा रू. ४ अर्ब ४७ करोडभन्दा बढी नाफा कमाएका छन् । कम्पनीहरूले प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनीले उक्त नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आवको तुलनामा ४८ दशमलव ५७ प्रतिशत बढी हो । सो आवमा कम्पनीहरूले रू. ३ अर्ब १ करोड नाफा कमाएका थिए ।

१४ कम्पनीहरूमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू. ६७ करोड ४४ लाख नाफा कमाएको छ । कम्पनी अघिल्लो आवमा भने रू. ३५ करोड २७ लाख नोक्सानीमा थियो ।

सर्वाधिक नाफा कमाउने कम्पनीको सूचीमा दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स छ । कम्पनीले रू. ५८ करोड १३ लाखभन्दा नाफा कमाएको हो ।

१४ कम्पनीहरूमध्ये पाँच कम्पनीको नाफा अघिल्लो आवको तुलनामा घटेको छ भने बाँकी सबै कम्पनीको नाफा वृद्धि भएको छ । अघिल्लो आवमा नोक्सानीमा रहेका नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन गत आवमा नाफामा छन् ।

अघिल्लो आवको तुलनामा सर्वाधिक नाफा गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्स छ । कम्पनीको नाफा ५० दशमलव ६९ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीले रू. ७३ करोड ९२ लाख नाफा कमाएकोमा गत आवमा त्यो रकम रू. ३६ करोड ४५ लाखमा झरेको हो ।

त्यस्तै सबैभन्दा बढी नाफा कमाउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा १६३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. २१ करोड ४६ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ५६ करोड ६५ लाख पुगेको हो ।

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0