काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ८० दशमलव ५८ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीले रू. ३७ करोड ३ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. ७ करोड १९ लाखमा झरेको हो ।

गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले सञ्चालन नाफा घटेसँगै नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ७ करोड ९८ लाख रहेकोमा गत आवमा बढेर रू. १० करोड ९७ लाख पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढेसँगै कम्पनीको सञ्चालन नाफा ८२ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू. ५४ करोड १६ लाख रहेकोमा गत आवमा घटेर रू. ९ करोड ३४ लाखमा झरेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ८६ पैसा रहेकोमा गत आवमा घटेर ५ रुपैयाँ ४५ पैसामा झरेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ३२ करोड छ । कम्पनीले जगेडामा रू. ५० करोड ७७ लाख र रिटेन्ड अर्निङमा रू. १० करोड १५ लाख सञ्चिति गरेको छ । गत आवमा कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ४४ लाख छ । सो अवधिमा कम्पनीको तरलता अनुपात ४ दशमलव ०१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४६ दशमलव १६ रहेको छ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्