<p style="text-align:justify">काठमाडौं । आर्थिक वर्ष (आव) २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आव २०७९/८० मा विप्रेषण आप्रवाह १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो।</p>

<p style="text-align:justify">अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।</p>

<p style="text-align:justify">गत वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत&ndash;नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो।</p>

<p style="text-align:justify">त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यो संख्या १९८.५ प्रतिशतले बढेको थियो ।</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0