काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव)मा शोधनान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँ बचतमा रहेको छ ।

राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा भने शोधनान्तर स्थिति २५५ अर्ब २६ करोड रुपैयाँ घाटामा थियो ।

आव २०७९/८० मा २ अर्ब १५ करोड अमेरिकी डलरमा घाटामा रहेको शोधनान्तर स्थिति आव २०७८/७९ मा २ अर्ब २१ करोडले बचतमा छ । आव २०७९/८० मा चालु खाता रु. ७२ अर्ब १६ करोडले घाटामा छ । अघिल्लो वर्ष चालु खाता रु. ६२३ अर्ब  ३८ करोडले घाटामा थियो ।

यस्तै आव २०७९/८० मा पूँजीगत ट्रान्सफर २४.५ प्रतिशतले घटेर रु. ७ अर्ब ५४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष पूँजीगत ट्रान्सफर रु. ९ अर्ब ९९ करोड थियो ।

गत आर्थिक वर्षमा खुद प्रत्यक्ष वैदेशिक लगानी पनि घटेको छ । अघिल्लो वर्ष रु. १८ अर्ब ५६ करोड रहेको खुद प्रत्यक्ष वैदेशिक लगानी घटेर रु. ५ अर्ब ९६ करोड कायम भएको छ ।

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0