<p style="text-align:justify">काठमाडौं । सरकारले आगामी दुई वर्षमा सबै जनताको पहुँचमा विद्युत पुर्&zwj;याउने लक्ष्य लिएको छ ।&nbsp;विद्युत प्राधिकरणले ३८ औं वार्षिकोत्सव कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्र शत प्रतिशत जनताको पहुँचमा विद्युत सेवा पुर्याउने लक्ष्य रहेको बताए ।</p>

<p style="text-align:justify">कार्यक्रममा उनले अहिले राष्ट्रिय ग्रिडको पहुँचमा करीब ९५ प्रतिशत जनता रहेको र लघु एवं सौर्य विद्युतबाट ३ प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनाताले विद्युत सेवा प्राप्त गरिरहेको र अबको दुई वर्षभित्र त्यसलाई शत प्रतिशत बनाउने लक्ष्य रहेको बताए ।&nbsp;</p>

<p style="text-align:justify">&lsquo;अहिले हामी आन्तरिक माग पूरा गर्ने र विद्युत निर्यात गर्ने चरणमा प्रवेश गरेका छौं । त्यसैले आगामी वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने योजनामा हामी छौं,&rsquo; उनले भने ।&nbsp;</p>

<p style="text-align:justify">आर्थिक वर्ष २०७८/७९ मा ४९ करोड युनिट विद्युत भारत निर्यात गरेको प्राधिकरणले आर्थिक वर्ष २०७९&divide;८० मा १ अर्ब ३४ करोड युनिट विद्युत निर्यात गरेको छ ।</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0