२०८० भदौ, १
 
समाचार
फोटो फिचर
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
अभियान संवाददाता
काठमाडौं । बंगलादेशबाट जहाज चार्टर गरी नेपाल आएका पर्यटकलाई पञ्चेबाजा बजाएर स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डले शुक्रवार (आज) बिहान चार्टर जहाजमा नेपाल आएका दुई सयभन्दा बढी पर्यटकलाई पञ्चेबाजा बजाएर स्वागत गरेको हो ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज बिहान साढे ११ बजे बंगलादेशबाट २२० जना चार्टर विमानमार्फत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्ड ह्यान्डलिङ’ गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेका अनुसार भोलि थप चार सय पर्यटक आउने छन् ।
तस्वीर : रासस
राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बंगलादेशी पर्यटक नेपाल आएका र आउन लागेका हुन् । यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे ।
बोर्डको तथ्यांकअनुसार सन् २०२३ को सात महीनामा बंगलादेशबाट १३ हजार ६२४ पर्यटक नेपाल आएका थिए । जुलाईमा मात्रै दुई हजार ६९४ बङ्गलादेशी पर्यटक नेपाल आएका छन् ।
जुनमा दुई हजार चार सय दुई, अप्रिलमा दुई हजार दुई सय १७, मार्चमा दुई हजार चार सय ६६, फेब्रुअरीमा एक जहार नौ सय सात र जनवरीमा दुई हजार चार ६८ बङ्गलादेशी पर्यटक नेपाल आएको तथ्यांक छ ।
उनीहरू अगस्ट १८ देखि २२ सम्म होटल याक एण्ड यतीमा आयोजना हुने अकिज प्लास्टिक डिभिजनको नेपाल डिलर तथा सेल्स सम्मेलनमा भाग लिनका लागि आएका हुन्।
प्रतिक्रिया [0]