काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. २ करोड २४ लाख नोक्सानीमा छ । अघिल्लो आवको चौथो त्रैमासमा भने कम्पनीले रू. ११ करोड २३ लाख नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खराब कर्जा बढेकाले नोक्सानीमा गएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव १८ प्रतिशत रहेकोमा गत आवमा बढेर ९ दशमलव ५४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि अघिल्लो आवको तुलनामा गत आवमा २३ प्रतिशत घटेको हो । अघिल्लो आवमा कम्पनीले रू. ४५ करोड १५ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवमा घटेर रू. ३४ करोड ७४ लाखमा सीमित भएको छ ।

कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ३ रुपैयाँ ११ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको तरलता अनुपात ८ दशलमव ७१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव १८ रहेको हो ।

कम्पनीको चुक्ता पूँजी रू. ७२ करोड १४ लाख छ ।

कम्पनीले जगेडामा रू. २२  करोड ४५ लाख, रिटेन्ड अर्निङमा रू. ६७ लाख ७५ हजार र शेयर प्रिमियममा रू. ७ करोड २९ लाख  सञ्चिति गरेको हो ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0