काठमाडौं । महीला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ७ करोड ५५ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने १९ प्रतिशत कमि हो ।

अघिल्लो अवामा कम्पनीले रू. ९ करोड ३३ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । कम्पनीको सञ्चालन नाफा अघिल्लो आवको तुलनामा गत आवमा १८ दशमलव ९३ प्रतिशत घटेको छ ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा ५ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. २८ करोड ३२ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवमा बढेर रू. २९ करोड ९५ लाख पुगेको छ ।

नाफाघटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ६३ रुपैयाँ ३० पैसा रहेकोमा गत आवमा घटेर १० रुपैयाँ ५९ पैसामा झरेको हो ।

कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड ६४ लाख रहेको छ । अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई कम्पनीले गत वर्ष ४७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी रू. २१ करोड ७५ लाख पुगेको छ ।

कम्पनीले जगेडामा रू. २० करोड ६५ लाख र रिटेन्ड अर्निङमा रू. ३ करोड ८५ लाख सञ्चिती गरेको छ ।

रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस