२०८० भदौ, १
&nbsp



लगानी





अभियान संवाददाता



काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयमा पुनः म्याद थप भएको छ । स्थानीयमा छिटो अवधि साउन १८ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि भदौ १ गतेसम्मको विक्री अवधि तय गरेको कम्पनीले पुनः म्याद थप गर्दै भदौ १७ गतेसम्मको अवधि तय गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब रूपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री खुला गरेको हो । प्रतिशेयर १०० अंकित मूल्यमा कम्पनीले १० करोड रूपैयाँ बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री खुला गरेको हो । स्थानीयमा विक्री गरिने कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ ।

त्यस्तै २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थिानिय बासिन्दारूका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरेको हो । सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रूपैयाँ बराबरको १ लाख ५० हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिसकिएको छ । 

आयोजना प्रभावित स्थानीयले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले आयोजनाको कार्यालय , सानिमा बैंकको बिदुर र किस्पाङ शाखा नुवाकोट, टिमुरे शाखा रसुवाबाट आवेदन दिन सक्न्ेछन् । साथै एनएमबि बैंकको धुन्चे रसुवा शाखा, ग्लोबल आइएमई बैंकको नौकुण्ड रसुवा शाखा, लुम्बिनी विकास बैंकको कालिकास्थान, रसुवा शाखा, कुमारी बैंकको आमाछोदिङमो, रसुवा शाखा, हिमालयन बैंकको बेत्रावती, रसुवा शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको स्याफ्रुबेशी, रसुवा शाखा र आइसिएफसी फाइनान्सको कालिकास्थान, रसुवा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीले यस आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ३ मेगावाट क्षमताको  माथिल्लो मैलुङ खोल जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत  १७ करोड ४८ लाख २५ हजार १७४ रूपैयाा रहेको छ । 
 

सूचना हेर्न यहाँ क्लिक गर्नहोस 

प्रतिक्रिया [0]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0