काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको विद्युत विक्री आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ९३ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. १३ करोड ४५ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. २६ करोड २ लाख पुगेको हो ।

गत आवमा विद्युत विक्री आम्दानीमा वृद्धि भए पनि कम्पनी भने रू. २ करोड ७८ लाख नोक्सानीमा छ । गत आवमा कम्पनीको वित्तीय खर्च बढेकाले नोक्सानीमा गएको हो । अघिल्लो आवमा कम्पनीको वित्तीय खर्च रू. १२ करोड ३३ लाख रहेकोमा गत आवमा रू. १७ करोड ७९ लाख पुगेको हो ।

अघिल्लो आवमा पनि कम्पनी रू. ६ करोड २० लाख नोक्सानीमा थियो । यस आधारमा अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नोक्सानी केही घटेको छ ।

कम्पनीको नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ३ रुपैयाँ २८ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११२ दशमलव ४१ रहेको हो । कम्पनीको चुक्ता पूँजी रू. ५० करोड छ । कम्पनीले जगेडामा रू. ६ करोड २० लाख सञ्चिति गरेको हो ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0