२०८० साउन, ३२
&nbsp



लगानी



नेप्से विश्लेषण





अभियान संवाददाता



काठमाडौं । लगातार तीन दिन घटेको बजार बिहीवार ८ दशलमव ०१ अंक बढेको छ । यससँगै नेप्से परिसूचक २ हजार ३३ दशमलव १३ विन्दुमा पुगेको हो ।

भदौको लागि बैंकहरूले ब्याजदर बढाउने हल्लाले यसअघि बजार प्रभावित भएको थियो । तर, केही बैंकले ब्याजदर घटाए भने केहीले स्थिर राखे । यसकारण बिहीवार सकारात्मक प्रभाव परेको देखिएको जानकार बताउँछन् । यद्यपि एक दर्जन बैंकले भने ब्याजदर बढाएका छन् । 

बजार बढेको समयमा नाफा बुक गरेकाहरू ‘पर्ख र हेर’को अवस्थामा रहँदा र प्राविधिक विश्लेषण हेरेर लगानी गर्ने लगानीकर्ताहरू सक्रिय नहुँदा नेप्से प्रभावित भएको उनीहरूको भनाइ छ । 

बजार घटेको बेला अधिकांश कम्पनीको शेयर मूल्य सस्तो भएकाले अब विस्तारै सबै प्रकारका लगानीकर्ता सक्रिय हुने जानकार बताउँछन् ।

लाभांशको सिजन नजिकिएकाले अहिले शेयर खरीद गर्नेले छोटो समयमा लाभांशको हकदार बन्न पाउन भएकाले घटेको बजारमा ट्रेडिङ गर्नेहरू आकर्षित हुने उनीहरूको अनुमान छ । 

बिहीवार बजार बढे पनि कारोबार रकम भने बढेको छैन । बुधवार रू. १ अर्ब ६७ करोड बराबरको शेयर कारोबार भएकोमा बिहीवार रू. १ अर्ब ५४ करोडको भएको हो ।  

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २८ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३७ प्रतिशत वृद्धि भएको छ । 

कारोबारमा आएका २७१ धितोपत्रको ४० लाख ९ हजार २६३ कित्ता शेयर ४३ हजार ५९१ पटकमा रू. १ अर्ब ५४ करोड बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । फण्डको इकाई मूल्य रू. ९ दशमलव ३५ कायम भएको छ ।

शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा लिवर्टी इनर्जी कम्पनी छ । कम्पनीको शेयर मूल्य ९ दशलमव ७४ प्रतिशत बढेर रू. २४९ पुगेको छ । 

बिहीवार सबैभन्दा बढी लक्ष्मी इक्वीटी फण्डका इकाईधनीहरूले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ७ दशलमव ४३ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । फण्डको इकाई मूल्य रू. ८ दशलमव ३५ मा झरेको छ । यस्तै मेन्छियाम हाइड्रोपावरको शेयर मूल्य ४ दशलमव ४१ प्रतिशत घटेर रू. १९५ कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । यस कम्पनीको रू. १३ करोड ७१ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य रू. ४६३ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको रू. ७ करोड ७९ लाख बराबरको भएको हो । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको शून्य दशमलव २३ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको हो । व्यापार समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ५३ प्रतिशत वृद्धि भएको छ । 

प्रतिक्रिया [0]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0