काठमाडौं । बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा बोटलर्स नेपाल तराईको नाफा घटेको छ भने बोटलर्स नेपाल बालाजुको नाफा सामान्य बढेको छ ।

बोटलर्स नेपाल तराईको नाफा अघिल्लो आवको तुलनामा गत आवमा १६ प्रतिशत घटेको हो । कम्पनीले अघिल्लो आवमा रू. ६८ करोड ३१ लाख नाफा कमाएकोमा गत आवमा रू. ५७ करोड ३७ लाखमा झरेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू. १ अर्ब १७ करोड रहेकोमा गत आवमा घटेर रू. ९७ करोड ४७ लाखमा झरेको छ ।

त्यस्तै बोटलर्स नेपाल बालाजुको नाफा अघिल्लो आवको तुलनामा गत आवमा सामान्य अर्थात् १ दशमलव २३ प्रतिशत बढेको हो । यस कम्पनीले अघिल्लो आवमा रू. ८७ करोड ६० लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ८८ करोड ६८ लाख पुगेको छ । कम्पनीको सञ्चालन नाफा अघिल्लो आवमा रू. १ अर्ब ५० करोड रहेकोमा गत आवमा घटेर रू. १ अर्ब ३२ करोडमा सीमित भएको छ ।

चुक्ता पूँजी रू. १९ करोड ४८ लाख रहेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. ५ अर्ब ७६ करोडभन्दा बढी सञ्चिति गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४२८ (वार्षिक), मूल्य आम्दानी अनुपात ५ गुणा र प्रतिशेयर नेटवर्थ रू. ३ हजार १८२ छ ।

बोटलर्स नेपाल तराईको चुक्ता पूँजी रू. १२ करोड १० लाख छ । कम्पनीले जगेडामा रू. ३ अर्ब ७९ करोडभन्दा बढी सञ्चिति गरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४७४ (वार्षिक), मूल्य आम्दानी अनुपात २९ गुणा र प्रतिशेयर नेटवर्थ रू. ३ हजार २३५ छ ।

बोटलर्स नेपाल तराईको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

बोटलर्स नेपाल बालाजुको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0