काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा १६ दशमलव ६८ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो आवमा कम्पनीले रू. १ अर्ब ५४ करोड नाफा कमाएकोमा गत आवमा बढेर रू. १ अर्ब ८३ करोड पुगेको हो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । अघिल्लो आवमा कम्पनीले कुल रू. ७ अर्ब ४५ करोड आम्दानी गरेकोमा गत आवमा बढेर रू. ८ अर्ब ६७ करोड पुगेको हो ।

कम्पनीको चुक्ता पूँजी रू. ९ करोड २१ लाख छ । कम्पनीले जगेडामा रू. ४ अर्ब २६ करोड भन्दा बढी सञ्चिति गरेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १ हजार ६७५ रहेकोमा गत आवमा बढेर रू. १ हजार ९८८ पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १६ दशमलव ६६ गुणा र प्रतिशेयर नेटवर्थ रू. ४ हजार ७३४ छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्