<p>काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ओरियण्टल होटल्स लिमिटेड १७ करोड ८४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म २ करोड ४६ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने खुद नाफा गर्न सफल भएको हो ।</p>

<p>गत वर्ष होटल्सको सञ्चालनबाट नाफा करिब ८०७ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ३ करोड २२ लाख रूपैयाँभन्दा बढी सञ्चालनबाट नाफा गरेको होटल्सले गत वर्ष २९ करोड २१ लाख रूपैयाँभन्दा बढी यो नाफा गरेको हो । हाल होटल्सको चुक्तापूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रूपैयाँ रहेको छ । जगेडा कोष रकम भने १ अर्ब ४ करोड ९९ लाख रूपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी १५ रूपैयाँ ८२ पैसा रहेको होटल्सको प्रतिशेयर नेटवर्थ १९३ रूपैयाँ ७ पैसा छ ।</p>

<p><a href="https://sharemarket.abhiyandaily.com/announcement-detail/fy-2079-80-:-q4-report-:-oriental-hotels-ltd.-%28ohl%29">रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस&nbsp;</a></p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0