<p style="text-align:justify">काठमाडौं। ह्विस्की ब्रान्ड सिग्नेचरका दुई ह्विस्की सिग्नेचर प्रिमियर र सिग्नेचर रेयर नयाँ प्याकेजिङ तथा बोटलिङका साथ नेपाली बजारमा आएका छन् । सिग्नेचर कम्पनीका अन्य पेयहरू नेपाल लिकर्सको मातहतमा नेपाली बजारमा विक्री हुँदै आएका छन् । प्रयोगकर्ताले रुचाएका सिग्नेचरका पेयमा अन्य दुई उत्पादन थपिएका हुन् । नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेय नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ, जसमध्ये एन्टिक्युटी ब्लू ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की, सिग्नेचर रेयर ह्विस्की, रोयल च्यालेन्ज ह्विस्की, स्मिरनफ भोड्का, ब्लूरिब्यान्ड जिन, म्याक्डोवेल्स नम्बर १ लक्जरी ह्विस्की आदि पर्दछन् । केही समयअघि नेपाल लिकर्सले बजारमा ल्याएको स्मिरनफ भोड्का पनि नेपाली बजारमा उत्तिकै लोकप्रिय बन्दै गएको बताइएको छ । हालसालै नयाँ प्याकेजिङ, बोटलिङ र स्वादमा भित्रिएका दुई पेय, सिग्नेचर प्रिमियर ह्विस्की र सिग्नेचर रेयर ह्विस्की एक लिटर, ७५०, ३७५ र १८० एमएलका प्याकमा उपलब्ध छन् ।</p>
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1