<p style="text-align:justify">काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ११४ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १ करोड ४८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।</p>

<p style="text-align:justify">गत वर्ष कम्पनीको आम्दानी करीब ३४ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ५ करोड ६७ लाख रुपैयाँभन्दा बढी रहेको आम्दानी गत वर्ष ७ करोड ५९ लाख रुपैयाँभन्दा बढी भएको हो । कुल खर्च अघिल्लो वर्षभन्दा करिब ३९ प्रतिशत बढी अर्थात् १ करोड ८६ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ छ भने जगेडा कोष रकम १ करोड ८० लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।</p>

<p style="text-align:justify">दीर्घकालीन कर्जा १३ करोड ६३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा ५ करोड ६० लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ९९ पैसा छ ।&nbsp;</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0