नेप्से परिसूचकसँगै सबै समूहगत परिसूचक घटे
२०८० साउन, ३१
 
लगानी
नेप्से विश्लेषण
अभियान संवाददाता
काठमाडौं । बुधवार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । योसँगै नेप्से परिसूचक निरन्तर तीन कारोबार दिन घटेको हो । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक बुधवार २० दशमलव ३१ अंकले घटेर २ हजार २५ दशमव १२ विन्दुमा बन्द भएको हो । यस दिनको कारोबारमा नेप्से परिसूचक न्यूनतम २ हजार १४ विन्दुसम्म झरेको थियो भने २ हजार ४४ दशमलव शून्य ४ विन्दुसम्म पुगेको थियो ।
नेप्से परिसूचक शून्य दशमलव ९९ प्रतिशत घटेको बुधवार ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ४१ प्रतिशत घटेर ३८६ दशमलव ३० विन्दुमा झरेको छ ।
बुधवार १ अर्ब ६७ करोड ९९ लाख ८० हजार रुपैयाँ बराबरको ४८ लाख ३८ हजार १०६ कित्ता धितोपत्र कारोबार भएको छ । ४५ हजार १६७ पटकको व्यापारमा २६९ कम्पनीको उक्त रकम बराबरको धितोपत्र कारोबार भएको हो ।
मंगलवारको तुलनामा बुधवार कारोबार रकममा समेत कमी आएको छ । मंगलवार २ अर्ब १५ करोड रुपैयाँ बराबरको ५६ लाख ३ हजार १७९ कित्ता धितोपत्र कारोबार भएको थियो ।
कुल कारोबारमा बुधवार सर्वाधिक हिस्सा हिमालयन डिष्टीलरीले ओगटेको छ । हिमालयन डिष्टीलरीको ८ करोड ४१ लाख रुपैयाँभन्दा बढीको ४२ हजार ७१४ कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको डिमालयन डिष्टीलरीको शेयर मूल्य २ दशमलव ३८ प्रतिशत घटेको छ । बुधवार प्रतिकित्ता ४८ रुपैयाँले घटेर हिमालयन डिष्टीलरीको अन्तिम शेयर मूल्य प्रतिकित्ता १ हजार ९६९ कायम भएको छ ।
बुधवारको कारोबारमा सन्राइज फोकस्ड इक्विटी फण्डको इकाई मूल्य सर्वाधिक ४ प्रतिशत वृद्धि भएको छ भने माउण्टेन हाइड्रो र श्वेत गंगा हाइड्रोको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ । यस दिन ३४ कम्पनीको धितोपत्र मूल्य बढेको र १८५ कम्पनीको घटेको जानकारी नेप्सेले दिएको छ । नेप्सेका अनुसार बुधवारको कारोबारमा ६ कम्पनीको धितोपत्र मूल्य स्थिर छ ।
यस दिन सबै समूहगत परिसूचकहरू घटेका छन् । बैंकिङ समूहको शून्य दशमलव ७३ प्रतिशत परिसूचक घटेको छ भने विकास बैंकको शून्य दशमलव ५० प्रतिशत घटेको छ । त्यस्तै वित्तको १ दशमलव ३५ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव शून्य १ प्रतिशत, जलविद्युतको १ दशमलव ८५ प्रतिशत, लगानीको शून्य दशमलव ४९ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ५८ प्रतिशत, लघुवित्तको १ दशमलव २० प्रतिशत, म्युचुअल फण्डको १ दशमलव १८ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८९ प्रतिशत, अन्यको १ दशमलव २६ प्रतिशत र व्यापारिकको १ दशमलव २४ प्रतिशत परिसूचक घटेको छ । समूहगत परिसूचक घटेको आधारमा बुधवार जलविद्युत समूहका लगानीकर्ताले सर्वाधिक गुमाएको देखिन्छ ।
कुल बजार पूँजीकरण बुधवार ३० खर्ब ३१ अर्ब १ करोड ४८ लाख रुपैयाँभन्दा बढी कायम छ । मंगलवार यो रकम ३० खर्ब ६२ अर्ब ९७ करोड ३३ लाख रुपैयाँभन्दा बढी थियो । बुधवार एकै दिन लगानीकर्ताको सम्पत्ति मूल्य अर्थात् कुल बजार पूँजीकरण ३१ अर्ब ९५ करोड ८४ लाख रुपैयाँभन्दा बढीले घटेको छ ।
प्रतिक्रिया [0]