काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था र नेशनल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको हो ।

धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भएपछि कायम हुन आएको ३ लाख कित्ता शेयर धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट सूचीकृत भएको हो । त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीकोे शेयर कारोबार पनि फुकुवा भएकोे नेप्से मार्फत जानकारी दिएको छ ।

मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता रू. ७६८ दशमलव ६१ मूल्य रेञ्ज प्रदान गरेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि अर्थात बुधवारबाट कारोबारमा आउनेछ ।

त्यस्तै नेशनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुँदा कायम  हुने आएको १ करोड ८ लाख ४२ हजार ६३ कित्ता शेयर नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट सूचीकृत भएको हो ।

त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा भएको छ ।

मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता रू. १ हजार २१५ दशमलव  २९ मूल्य रेञ्ज प्रदान गरेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि अर्थात बुधवारबाट कारोबारमा आउनेछ ।

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0