<p style="text-align:justify">काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गते लिएको यस वर्षको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।</p>
<p style="text-align:justify">बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत ग्रेडेड पास भएका छन् । भने, ४९.०९ प्रतिशत नन ग्रेडेड भएको जनाइएको छ ।</p>
<p style="text-align:justify">यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बोर्डको दाबी छ ।</p>
<p style="text-align:justify">राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुन: ग्रेडवृद्धिको परीक्षा दिन भने पाउनेछन् ।</p>
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1