बरामद गरिएको सुन छुटाउन पहल गरेको आरोप खेपिरहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफु माथि निरन्तर प्रहार भएपछि सिआइबिका केही अधिकारीहरुसँग पनि भेटेको खुलाएका छन्।

उनले मंगलबार दाङस्थित नागरिक संवाददाता देवेन्द्र बस्नेतलाई अन्तर्वाता दिँदै उक्त कुरा बताएका हुन।

‘म माथि निरन्तर प्रहार भएपछि मैले सिआईबिका केही अधिकारीहरुसंग पनि भेटेँ। तपाई दोषी हो भन्ने प्रमाण केही पुग्दैन भनेर पहिले भनेकै थिए। म माथि अनुसन्धान गर्नु पर्ने कारणै छैन भन्ने कुरा छ, म कहाँ यो रिपोर्ट छ। म माथि के अनुसन्धान गर्नु पर्ने हो तयार छु, मैले सघाउँछु भनेर उहाँहरुलाई भनेँ। म बाट म माथिको अनुसन्धानमा कुनै समस्या हुँदैन भनेकै थिएँ। तर अहिले फेरी निरन्तर म माथि प्रहार भइरहेको छ, यो किन, कसरी आइरहेको छ रु यसर्थ मलाई कतै यो राजनीतिक प्रतिशोधका कारण चालिएको कदम त हैन रु भन्ने पनि लागेको छ। यो यति धेरै उछाल्नु पर्ने विषय पनि हैन।’

सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिएको छ। सुन तस्करसँगको संवाद र चिनजान भएको तथा पक्राउ परेको सुन छुटाउन विमानस्थलका कर्मचारीहरुलाई भनसुन गरेको भन्दै सुन प्रकरणमा संलग्न भएको आरोप लागेका माओवादी उपाध्यक्ष महराले यसको प्रतिवाद गरिरहेकै छन्।

उनले विज्ञप्ति जारी गरेर यस विषयमा खण्डन गर्दै आएका छन्।

यो पनि पढ्नुहोस्

मैले पार्टी बनाउन खोजेँ, मलाई सिध्याउन खोजियो: महरा

प्रकाशित: ३० श्रावण २०८० १६:४२ मंगलबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0