नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भन्सारका कर्मचारीलाई फोन गरेर ‘कानुन अनुसार छोडन मिल्छ भने छोड्नुस्’ भनेको स्वीकार गरेका छन्।

दाङस्थित नागरिक संवाददाता देवेन्द्र बस्नेतसँग कुरा गर्दै उनले भने, ‘भन्सारका एक जना कर्मचारीलाई सामान अड्किइको र कानुन अनुसार गर्नुस् भने। छोड्न मिल्ने हो भने छोड्नुस्, लिलाम गर्नुपर्ने भए लिलाम गर्नुस् भनेर मैले भनेको यत्ति हो।’

उपाध्यक्ष महराले थपे, ‘मलाई वाङको सामान आउने भनेको फलफूल मात्रै हो भन्ने थाहा थियो। अनि उनले भेवको सामान भनेपछि मैले पटक पटक लिगल हो कि ईलिगल हो भनेर सोधेँ। उनले लिगल हो भने। अनि मैले वैधानिक हो भने के समस्या भयो त भनेर भन्सारका एक जना कर्मचारीलाई सामान अड्किएको र कानुन अनुसार गर्नुस् भनेँ।’

महरा र उनका छोरा राहुल माथि चिनियाँ व्यापारीको सुन छोड्न भन्सारका कर्मचारीलाई पटक–पटक फोन गरेर दबाब दिएको आरोप छ।

सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिएको छ। सुन तस्करसँगको संवाद र चिनजान भएको तथा पक्राउ परेको सुन छुटाउन विमानस्थलका कर्मचारीहरुलाई भनसुन गरेको भन्दै सुन प्रकरणमा संलग्न भएको आरोप लागेका माओवादी उपाध्यक्ष महराले यसको प्रतिवाद गरिरहेकै छन्। उनले विज्ञप्ति जारी गरेर यस विषयमा खण्डन गर्दै आएका छन्।

यो पनि पढ्नुहोस्

मैले पार्टी बनाउन खोजेँ, मलाई सिध्याउन खोजियो: महरा

प्रकाशित: ३० श्रावण २०८० १५:५० मंगलबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0