<p style="text-align:justify">काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६६ करोड १ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म १ अर्ब ५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ३७ दशमलव ५४ प्रतिशत कम खुद नाफा गरेको हो ।</p>

<p style="text-align:justify">सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा ३५ दशमलव ६५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १ अर्ब ४७ करोड रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ९५ करोड २ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । कुल सञ्चालन आम्दानी अघिल्लो वर्षभन्दा २८ दशमलव ६१ प्रतिशत कम १ अर्बृ ७८ करोड रूपैयाँभन्दा बढी भएको छ ।</p>

<p style="text-align:justify">६० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार पुर्&zwj;याएको कम्पनीको जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ३० दशमलव ३८ प्रतिशत कम ९२ करोड ३३ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी २७ रूपैयाँ १७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रूपैयाँ छ ।&nbsp;</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0