<p style="text-align:justify">रौतहट। करदाता सेवा कार्यालय रौतहट गौरले अघिल्लो आर्थिक वर्ष (आव) २०७८/७९ को तुलनामा गत आव २०७९/८० मा ५० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । अघिल्लो आवमा ४५ करोड ३७ लाख राजस्व संकलन गरेको कार्यालयले गत आवमा ४५ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । तथापि यो लक्ष्यको ८३ प्रतिशत मात्र हो । कार्यालयले गत आवमा ५५ करोड २६ लाख ५० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो ।&nbsp;</p>

<p style="text-align:justify">कार्यालय प्रमुख पप्पुकुमार गुप्ताले गत आवमा ३ हजार १६० जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र ९२५ फर्मले व्यावसायिक स्थायी लेखा नम्बर लिएको बताए । अघिल्लो आवमा २ हजार ६९५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १ हजार ४९५ फर्मले व्यावसायिक स्थायी लेखा नम्बर लिएका थिए ।&nbsp;</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0