नवलपुर- पुर्वि नवलपुरको त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन् । सोमबार दिउँसो विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ सिसेनीकी ४० वर्षीया पिथिमा दर्लामी र सोही ठाउँकी कीर्तिमा दर्लामीलाई बाघले आक्रमण गरेको हो ।

भेडावन उपभोक्ता समितिको सामुदायिक बनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

उहाँहरूलाई बाघले दाहिने हातको पाखुरा र दाहिने हिपमा नग्रांले चिथोरेको प्रवक्ता पौडेलले बताउनुभयो । घाइते दुवै महिलाको मध्यविन्दु नगरपालिकामा रहेको विश्व मेडिकलमा प्राथमिक उपचारपछि मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

घाइतेलाई जिल्ला अस्पतालले चितवन रिफर गरेको छ । अहिले उनीहरू दुबैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0